काठमाडौँ । ‘तक्मे बुढा’को नामले रुचाइएका कलाकार विल्सनविक्रम राई डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’को व्यवसायिक दूतमा नियुक्त भएका छन् ।
सोमबार आयोजित समारोहमा कम्पनीले राईलाई ’ब्रान्ड फेस’को रूपमा चिनाएको हो ।
विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा आयोजित समारोहसँगै एपको औपचारिक सुरुवात भएको जानकारी दिइयो । यो एपले डिजिटल सेवा क्षेत्रमा क्रान्ति ल्याउने उद्देश्यसहित राइड सेयरिङ, केयर गिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्छ ।




