काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण र आर्थिक सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको दुरुपयोग गरेर व्यवसायीलाई अनावश्यक दुःख नदिइने स्पष्ट पारे। उनका अनुसार इमानदार व्यवसायी सुरक्षित रहनेछन् भने गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिमाथि मात्रै कारबाही हुनेछ।
उनले आर्थिक गतिविधि बढाउन निजी क्षेत्रसँग निरन्तर संवाद र सहकार्य गरिने बताउँदै कर सुधार, शेयर बजार सुदृढीकरण तथा घरजग्गा क्षेत्रलाई चलायमान बनाउने दिशामा सरकार सक्रिय रहेको जानकारी दिए। कार्यक्रममा सहभागी व्यवसायीहरूले नीतिगत स्थिरता, कर सुधार र लगानीमैत्री वातावरणमा विशेष जोड दिएका थिए।










