काठमाडौँ :- विषालु च्याउ सेवन गर्दा इच्छाकामना गाउँपालिका–१ की ११ वर्षीया नमुना चेपाङको मृत्यु भएको छ ।
चार दिनअघि जंगली च्याउ खाएर बिरामी परेकी उनको शुक्रबार बिहान ज्यान गएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ ले जानकारी दिनुभयो ।
उक्त च्याउ खाँदा नमुनाकी दिदी मनिता र भाइ साजन पनि गम्भीर बिरामी भएका छन् । उनीहरूको अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
परिवारले सुरुमा घरमै बसेर उपचार गर्न खोज्दा अवस्था थप बिग्रिएको थियो । पछि काउले स्वास्थ्य चौकी पुर्याइए पनि उपचार सम्भव नभएपछि भरतपुर पठाइएको वडा अध्यक्ष सन्तबहादुर मगर ले बताउनुभयो ।




