काठमाडौँ :- चालु आर्थिक वर्षको नौ महिनामा मेची भन्सार कार्यालयले १३ अर्बभन्दा बढी राजश्व संकलन गरेको जनाएको छ। उक्त संकलन वार्षिक लक्ष्यको झण्डै ७० प्रतिशत हो।
सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार चैत महिनामा मात्र १ अर्ब ६० करोड रुपैयाँभन्दा बढी राजश्व उठेको छ, जुन मासिक लक्ष्यको ९४.६९ प्रतिशत हो।
कार्यालयले यस वर्ष करिब १८ अर्ब ८७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको भए पनि हालसम्म लक्ष्यअनुसार प्रगति हुन सकेको छैन।




