काठमाडौँ :- रोल्पाको थवाङ गाउँपालिका–१ स्थित जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा १७ जनाको ज्यान गएको छ भने एक जना सामान्य घाइते भएका छन्।
रुकुमबाट मेला भर्न गएका यात्रु बोकेको जीप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्दार कार्य जारी रहेको छ।




