काठमाडौँ :- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म ८२ लाख ३१ हजार ५७५ मत गणना भएको छ।
गणनाको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ।
निर्वाचन आयोगबाट प्राप्त तथ्याङ्कअनुसार रास्वपाले हालसम्म ३९ लाख ७० हजार ६६३ मत प्राप्त गरेको छ।
त्यस्तै, नेपाली कांग्रेसले १३ लाख २८ हजार ५०४ मत पाएको छ भने नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११ लाख ३५ हजार ८६ मत प्राप्त गरेको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ८२ हजार ५८३, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ७३ हजार ७२० र श्रम संस्कृति पार्टीले दुई लाख ८८ हजार ४२४ मत प्राप्त गरेका छन्। समानुपातिकतर्फको मतगणना अझै जारी रहेको निर्वाचन आयोगले जनाएको छ।




