काठमाडौँ :- अर्घाखाँचीमा आसन्न प्रतिनिधिसभा निर्वाचनसँगै राजनीतिक गतिविधि बढेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
उम्मेदवारहरू घरदैलोमा सक्रिय भए पनि गाउँमा युवा मतदाता भेटिन कठिन भइरहेको उनीहरूको अनुभव छ ।
वैदेशिक रोजगारी र अध्ययनका कारण ठूलो संख्यामा युवा बाहिरिएपछि गाउँघरमा ज्येष्ठ नागरिक र महिलाको उपस्थिति बढी देखिन्छ ।
मतदाताहरूले बाँदर–बदेल नियन्त्रण, कृषि सुरक्षा, रोजगारी सृजना र आधारभूत सेवा सुधारलाई प्रमुख अपेक्षा बनाएका छन् ।
विकासका पूर्वाधार विस्तार भए पनि वन्यजन्तु–मानव द्वन्द्व र रोजगारी अभावले बसाइँसराइ बढिरहेको स्थानीयको गुनासो छ ।




