काठमाडौँ :- गौर नगर क्षेत्रमा सुरक्षाको अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा जारी गरेको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार आज बिहान ८ः३० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।
गौर–६ सवगढा गाउँमा शनिबार बिहान दुई समुदायबीच उत्पन्न विवादपछि प्रशासनले तत्काल निषेधाज्ञा जारी गरेको थियो ।
आज बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म केही समय निषेधाज्ञा खुकुलो बनाइए पनि अवस्था पूर्णरूपमा सहज नभएपछि पुनः कडाइ गरिएको हो ।




