काठमाडौँ :-रामेछापको मसानटार क्षेत्रमा भएको बस दुर्घटनापछि उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएको छ। पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिइएको छ।
सहमति अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति प्रदान गरिने, घाइतेहरूको उपचार खर्च बेहोर्ने तथा दुर्घटनाको निष्पक्ष छानबिन गरिने उल्लेख छ। दोषी ठहरिएमा कानुनी कारबाही अघि बढाइने प्रतिबद्धता समेत जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सहमतिपछि शव बुझ्ने प्रक्रिया सुरु भएको छ। दुर्घटनापछि तनावग्रस्त बनेको अवस्था अहिले सामान्य हुँदै गएको छ।




