काठमाडौँ :- प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा संलग्न थप एक आरोपित पक्राउ परेका छन्।
फरार रहेका राजेन्द्र डडाललाई नौगाडबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेका अस्मिता बियर बारका सञ्चालक आशिक पाल, लक्ष्मी बडू र मनिस पाल अझै फरार छन्। उनीहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




