काठमाडौँ :- मंगलबार बिहान मन्थली नगरपालिका–६ मसानटार नजिक भएको बस दुर्घटनाका पीडित परिवारले विभिन्न माग राख्दै आज रामेछापमा यातायात बन्द गराएका छन्।
पीडित पक्षले मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। उनीहरूले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।
दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए। मृतकहरूको शव हाल मन्थली अस्पतालमा राखिएको छ।




