काठमाडौँ । निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याएको छ।
सो योजनाअनुसार आजदेखि नेपाली सेनासहित चारवटै सुरक्षा निकाय निर्वाचन सुरक्षामा खटिएका हुन्।
मतदानस्थलको आन्तरिक सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन्।
त्यसैगरी, सशस्त्र प्रहरी बलले दोस्रो तहको सुरक्षा घेरा सम्हाल्नेछ भने बाहिरी घेरामा नेपाली सेना रहनेछ। सेनाका अनुसार १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन भइसकेको छ।




