काठमाडौँ :- फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले संगठनात्मक तयारी तीव्र बनाएको छ।
उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरूलाई विभिन्न जिल्लाको जिम्मेवारी दिएको हो।
यस क्रममा केन्द्रीय सदस्य, पूर्वपदाधिकारी र निवर्तमान केन्द्रीय सदस्यहरूलाई फिल्डमा खटाइएको छ।
कांग्रेसका अनुसार जिम्मेवारी पाएका नेताहरू अबको एक महिनासम्म जिल्लामा सक्रिय रहेर पार्टीको निर्वाचन अभियानलाई प्रभावकारी बनाउनेछन्।




