पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ।
कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र आमावास्याका दिन प्राचीन महत्त्वका गरगहनाहरू सार्वजनिक रूपमा प्रदर्शन गर्ने परम्परा निर्वाह गर्दै आएको छ।
आज बिहान ९ः०० बजेदेखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती सामग्री प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो।
यसअघि मङ्सिर २ गतेको मार्गशीर्ष कृष्ण आमावास्यामा पनि सुरक्षा निकायको सहयोगमा ती सामग्री सर्वसाधारणलाई देखाइएको थियो।
मार्गशीर्ष कृष्ण त्रयोदशीबाट एक वर्षसम्म ती सामग्री सुरक्षित रूपमा राखिएका छन्।



