बाँके :- नेपालगञ्ज उपमहानगरपालिकाले घाइते र अशक्त जनावरको उद्धारका लागि ‘एनिमल एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ। यस एम्बुलेन्स सञ्चालनमा आएपछि सडकमा दुर्घटनामा परेका वा कमजोर जनावरलाई अस्पताल वा सेल्टरसम्म पु¥याउन सहज हुने उपमहानगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख अच्युत गौतमले जानकारी दिए।
‘एनिमल नेपाल’ नामक गैरसरकारी संस्थाले उपमहानगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो। प्रमुख प्रशान्त विष्टले पशु उद्धार र व्यवस्थापनमा यसको अधिकतम उपयोग गरिने बताए। संस्थाकी अध्यक्ष शोभा रायमाझीले सडकमा परेका जनावरलाई सुरक्षित स्थानमा पुर्याउन मद्दत पुग्ने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराइएको स्पष्ट पारिन्।


