काठमाडौँ :- राष्ट्रिय परीक्षा बोर्डले २०८१ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार साँझ साढे ५ बजे प्रकाशित गर्ने भएको छ । बेलुका ५ बजे बोर्ड बैठक बोलाइएको छ ।
त्यसलगत्तै नतिजा सार्वजनिकको तयारी गरिएको छ । २०८१ चैत गतेदेखि सञ्चालन भएको एसईई परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।


