काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहल गरिदिन आग्रह गरेकी छन् ।
सगरमाथा संवादमा सहभागिताका लागि काठमाडौँ आएका कतारको विदेश मन्त्रालयका विशेष दूत बदर उमर इस्माइल अल दफासँग शुक्रबार भएको भेटमा मन्त्री डा. राणाले उक्त आग्रह गरेकी हुन् ।
परराष्ट्रमन्त्री डा. राणासँग भएको शिष्टाचार भेटका क्रममा हमासको अपरहणमा परेका नेपाली युवक विपीनको अवस्थाका बारेमा कुराकानी भएको थियो ।
राणाले विपीनको रिहाइ र नेपाल फिर्तीका लागि निरन्तर पहल जारी राखेकोमा आभार व्यक्त गर्दै रिहाइका लागि थप पहल गरिदिन पुनः आग्रह गरिन् ।




