काठमाडौँ । आजदेखि दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘हेल्लो काँशिराम’ र ‘के घर के डेरा घर नं. २’ आजदेखि प्रदर्शनमा आएका हुन ।
हास्य विधाको चलचित्र हेल्लो काँशिराममा अभिनेता दिलीप रायमाझी मुख्य भूमिका रहेको छ ।
चलचित्रमा सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेश राई (फुलन्देको आमा), भगेरी डन, लगायतका कलाकारको विशेष अभिनय रहेको छ ।
आजैदेखि प्रदर्शनमा आएको अर्को चलचित्र हो ‘के घर के डेरा घर नं. २’ । यो चलचित्र पूर्ण रूपमा सामाजिक विषयवस्तुमा आधारित छ । दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्रको कथा चर्चित लेखक बुद्धिसागरद्वारा लेखिएको हो ।
चलचित्रमा उपासना सिंह ठकुरी, केकी अधिकारी, सिर्जना नापित, रुविना घिमिरे निश्चल बस्नेत, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, प्रकाश घिमिरे, संजोग रसाइली र सुरज विष्ट लगायतको अभिनय रहेको छ ।




