ट्रेन्डिङ

रास्वपाको दुईदिने ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु

कोशीमा विद्युत् आपूर्ति सुधार र खपत वृद्धि गर्न मन्त्री श्रेष्ठको जोड

पहिरो हटाएपछि बेनी–जोमसोम सडक एकतर्फी सञ्चालनमा

गरिमा चौधरी हत्या प्रकरणमा प्रचण्ड : ‘राज्य र न्याय प्रणालीमाथि गम्भीर प्रश्न’

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत

दर्ता भएन देउवा पक्षको रिट

वागमतीका मुख्यमन्त्री थापामगरले भदौ ७ गते विश्वासको मत लिँदै

पेटभित्र लुकाएर ल्याएको १५० ग्राम सुनजस्तो धातुसहित बंगलादेशी नागरिक पक्राउ

फोहोर व्यवस्थापनलाई राष्ट्रिय आपतकालको रूपमा लिनुपर्छ : सञ्चारमन्त्री

रास्वपामा ९ जना केन्द्रीय सदस्य मनोनीत, विभिन्न विभागको जिम्मेवारी पनि तोकियो

जेसीबी मेसिन रोडबाट तल खस्दा चालकको मृत्यु

११ जना फरार प्रतिवादी पक्राउ

बागमतीका मुख्यमन्त्री थापामगरले गरे ६ मन्त्री नियुक्त

लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध र गृहलक्ष्मीको इन्स्टलेसन तथा इन्डक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न

नेपालमा अवसर छैन भनेर युवालाई निराश बनाउनु हुँदैन: सेढाई

भारतीय प्रधानसेनापति धिरज सेठ नेपालमा

लागुऔषध मुद्दामा दोषी एक व्यक्ति पक्राउ

समाज बुझ्न र जनता सुन्न युवाहरूलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

बजारमा अनारको भाउ घट्यो

कम्युनिस्टको शक्ति क्षयीकरण भयो : महासचिव पोखरेल

कास्कीका किसानलाई दूध उत्पादनमा २ करोड २० लाख प्रोत्साहन अनुदान

नुवाकोटमा बस र ईभी भ्यान दुर्घटना, २ जनाको मृत्यु, ३ घाइते

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बिमाका लागि ओपिडी टिकट काउन्टर थप

स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई राष्ट्र निर्माणमा जोड्छौँ : मन्त्री यादव

देउवाको स्वदेश आगमनसँगै कांग्रेस एकताबद्ध हुने रमेश लेखकको विश्वास

इन्डोनेसियामा खाना विषाक्तताबाट २६९ विद्यार्थी अस्पताल भर्ना

कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला सुरु

वर्षमान पुनले बाढी–पहिरोपीडितलाई एक महिनाको तलब दिने

भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा ल्याउन सरकारको छलफल तीव्र

अदालत जान डराउँदिनँ, कानुनको सामना गर्छु : शेरबहादुर देउवा

करको दायरा फराकिलो बनाएर मुलुकको आम्दानी बढाउने नीति लिएका छौँ : अर्थमन्त्री

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहद्वारा राजीनामाको घोषणा

खाना पकाउने ग्याँसको अभावप्रति राष्ट्रियसभामा सरकारको ध्यानाकर्षण

झापामा जेई सङ्क्रमण पुष्टि भएका नौमध्ये पाँच जनाको मृत्यु

रोल्पा पहिरोमा बेपत्ता तीनजनाको शव प्युठानमा फेला

भट्ट र अग्रवाललाई थुनामा पठाउन आदेश

धनुषामा १७ वर्षीया किशोरी घरकै कोठामा मृत फेला

‘एलपिजीको अधिक खपत हुने क्षेत्रमा संयुक्त अनुगमन गर्नुपर्‍यो’

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीले दिए राजीनामा

ओली र प्रचण्डले गरे मोहनविक्रमसँग दुई बुँदे सहमति

नेप्से झिनो अंकले बढ्यो, कारोबार रकम घट्यो

ग्यास अभावबारे राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण

जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता

सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसनलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले

प्रधानमन्त्री बालेन र सभामुख डिपी अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

एकैदिन ६ हजार ४०० सयले बढ्यो सुनको भाउ

राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने विधेयक पारित

संवैधानिक पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक प्रतिनिधिसभाबाट स्वीकृत

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने विषयमा प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच छलफल

महाभारतको युद्ध सकिएपछि सुरु भएको अर्को युद्ध : मञ्चमा ‘द एज अफ डार्कनेस’

इन्डोनेसियाको ब्रोमो राष्ट्रिय निकुञ्जमा डढेलो, पर्यटक प्रवेशमा रोक

रास्वपाका मन्त्रीले महिनामा एकपटक पार्टी कार्यालयमै नागरिकका गुनासा सुन्नुपर्ने

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन

न्यायपूर्ण प्रतिनिधित्व र सम्मानपूर्ण सहभागिताले सुदृढ राष्ट्र निर्माण हुन्छ : संयोजक प्रचण्ड

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत भेटिए

रवि लामिछाने : धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्छ

सांसदको प्रश्न- निर्मलाले कहिले न्याय पाउँछिन्? गृहमन्त्रीको जवाफ- यसको उत्तर दिन चाहान्न

बाँकेमा थपिए ३ हजार ७७६ नयाँ मतदाता

आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

सरकारले नयाँ तलबमान सार्वजनिक, साउनदेखि लागू

सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल शिक्षण अस्पताल बन्ने

त्रिभुवन विश्वविद्यालयका सेवा अनलाइन प्रणालीमार्फत प्रभावकारी बनाइने

नेता थपलिया अस्पतालमा भर्ना

शैक्षिक परामर्श सम्बन्धी निर्देशिका, २०७३ खारेज

महोत्तरीमा स्कुल बस दुर्घटना, पाँच विद्यार्थीसहित ६ जना घाइते

प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

कास्की प्रशासनद्वारा ग्यास आपूर्ति सहज बनाउन पहल, कालोबजारी रोक्न अनुगमन तीव्र

सुनसरी घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्छ : एमाले

सबै पालिकामा ‘मिसन पार्टी जागरण’ अभियान सुरु गर्न शंकर पोखरेलको निर्देशन

सिन्धुलीमा सुनकोशीमा कार खस्दा चालकसहित तीन जना बेपत्ता

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

अखिल काभ्रेमा गुटीय राजनीति तिब्र, विस्तारित भेला स्थगितसँगै पुरानो विवाद फेरि बल्जियो ।

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्याउन अध्यक्ष ओलीको आग्रह

राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंक कारबाहीमा, प्रभु बैंकका तत्कालीन सीईओलाई जरिवाना

मध्यपूर्वको युद्ध तत्काल रोक्न संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसको आग्रह

सामाजिक सद्भाव बिथोल्ने सामग्री पोस्ट गरेको आरोपमा सिरहा र धनुषाबाट ८ जना पक्राउ

तराई–मधेशको अवस्थाबारे राष्ट्रपति पौडेलको पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल

सुनसरीको अवस्था नियन्त्रणमा सरकार योजनाबद्ध रूपमा लागिरहेको छ : प्रधानमन्त्री बालेन शाह

राहदानी छपाइ ठेक्का प्रकरणका सिद्धार्थ थापा साधारण तारेखमा रिहा

राष्ट्रपति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली, परिवारजनप्रति समवेदना

स्मार्ट टेलिकम प्रकरणमा दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल, सामाजिक सद्भाव कायम राख्न अपिल

मानब बेचबिखन बिरुद्दको अभियानमा इन्स्पेक्टर प्रसान्तको अभियान

दोस्रो श्रीमतीमार्फत लागुऔषध कारोबार गराउने फरार कृष्ण यादव पुनः पक्राउ

जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु, बढ्दो तनावपछि प्रशासनको निर्णय

सुनसरी घटनालाई लिएर एमालेको माग: प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ

मन्त्रिपरिषद्का ४ निर्णय: चार विधेयक संसद्मा पेश गर्न स्वीकृति

नेपालमा बाघको संख्या ४२९ पुग्यो

रास्वपाले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनीत

चिकित्सा शिक्षा आयोगको रु ६ अर्ब ५५ करोडभन्दा बढीको बजेट स्वीकृत

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्ने

राष्ट्रपति पौडेल र रवि लामिछानेबीच भेट, सुनसरी घटनापछि विकसित अवस्थाबारे छलफल

सभामुख अर्याल र नेता आङ्देम्बेबीच भेटवार्ता

पीओजेकेमा प्रदर्शनकारीमाथि गोली चलेको दाबी, १४ जनाको मृत्यु भएको आन्दोलनकारीहरूको भनाइ

विराटनगर यातायात कार्यालयले एक वर्षमा झण्डै रु ४९ करोड राजस्व सङ्कलन

नेपाल टेलिकमले ल्यायो ‘मनसुन अफर’

मेरो पहिलो निर्णय यथार्थमा परिणत भयो : झलनाथ खनाल

चिकित्सकमाथि आक्रमणको विरोधमा चितवनका अस्पतालको ओपीडी बन्द, ११ हजारभन्दा बढी बिरामी प्रभावित

ढुङ्गाले लागेर एक जनाको मृत्यु

स्थानीय सरकारलाई सबल बनाउन प्रदेश लागि पर्यो

ललितपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले स्थानीय सरकारलाई सबल र सुदृढ बनाउन प्रदेश लागिपरेको बताएका छन् । राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका कार्यक्रम अन्तर्गत सेवा प्रदान गरिरहेका ३४ जना महिला स्वयंसेविकाहरूको विदाईका लागि जनस्वास्थ्य कार्यालय ललितपुरले आज स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले संविधान र अनुसार आधारभूत स्वास्थ स्थानीय सरकारको एकल अधिकारमा भएपनि स्थानीय तहको स्रोत कम भएको कारणले प्रदेशभित्रका सबै पालिकालाई स्वास्थ्य क्षेत्रमा सहयोग गरिरहेको जानकारी गराएका हुन् ।
‘सबै अस्पताललाई बागमती प्रदेश सरकारले ओैषधि, खोप, भ्याक्सिन, तालिम, गोष्ठीलगायतमा सहयोग गर्ने छ, जनतालाई सर्वसुलभ र गुणस्तरीय सेवा दिनेछौं, प्रदेश मातहतका अस्पताललाई सर्वसुलभ र गुणस्तरीय बनाउन लागि परेका छौं। यस वर्षको नीति तथा कार्यक्रममा स्वयंसेविकाहरुको जीवन विमा समेटिएको र बजेट व्यवस्था गरिएको छ, कसरी सेवा दिन सकिन्छ भनेर संवेदनशील भएर मन्त्रालय लागिरहेको छ।’ उनले भने ।
उनले उत्पादनसँग जोडिने १५ देखि ४५ वर्ष समूहका युवा वर्ग आत्महत्याको सिकार बनिरहेको भन्दै यसको न्युनिकरणका लागि मनोसामाजिक परामर्शका लागि प्रदेश सरकारबाट बजेट व्यवस्थापन गरिएको छ जानकारी गराए । उनले समुदायसँग मिलेर मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना जगाउनेलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने नीति तय गरेका छौं भन्दै उपचारात्मकका साथै जनचेतनामूलक कार्यक्रमहरुलाई पनि प्राथमिकता दिएका जानकारी गराए ।
उनले महिला स्वयंसेविकाहरुलाई अनुभवले अर्जन गरेको सीपलाई पुस्तान्तरण गर्न लाग्नुस् भन्ने आग्रह गर्नुहुँदै निराश नई क्रियाशील रहन आग्रह गरे ।
‘आधारभूत स्वास्थ्य सेवाका लागि आमा सुरक्षा, नवजात शिशुको सुरक्षामा महिला स्वास्थ्य स्वयमसेविकाहरुले खेलेको भूमिकाका कारण नेपाल विश्वमा राम्रो स्थान पाउन सफल भएको छ, स्वास्थ्यकर्मी भन्दा पहिला घरघरमा पुगेर आजको प्रविधिको युगसम्म समाजलाई स्वस्थ्यशिक्षामा अव्वल बनाउन महत्त्वपूर्ण योगदान पुगेको छ, समाज परिवर्तनमा ठूलो भूमिका प्रशंसनीय छ।’ उनले भने ।
जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालले समाजको सेवामा पुर्‍याएको योगदानको सम्मान गर्दै नयाँ पुस्तालाई आफ्नो ज्ञान र सीप हस्तान्तरण गर्न आग्रह गरे । उनले ललितपुरको हकमा पाटन अस्पतालले मात्रै विरामीको चाप खेग्न नसकेको बताउँदै प्रदेश मातहतका स्वास्थ्य संस्थाहरुको क्षमता र सेवासुविधा वृद्धि गर्नुपर्ने बताए
‘प्रदेश र स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य संस्थाहरुको क्षमता अभिबृद्धि गर्नुपर्छ, नागरिकले प्रत्यक्ष लाभ हासिल गर्नसक्छन्।’ उनले भने ।
महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले सरकारले उपलब्ध गराएको सेवासुविधा कम भएको बताउँदै पालिकाभित्रका ५४ जना स्वास्थ्य स्वयंसेविकालाई हरेक वर्ष दश हजार रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताए।
‘निःस्वार्थ भावले गर्नुभएको सेवा अतुलनीय छ,आगामी दिनहरुमा पनि गाउँटोलमा सेवा पुर्‍याउनु हुनेछ भन्ने विश्वास छ।’ अध्यक्ष केसीले भने ।
कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले नेपालको संविधानले शिक्षा र स्वास्थ व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई प्रदान गरेको भएपनि संघ र प्रदेशका जिल्ला तहका कार्यालयले गरेका कामहरुको बारेमा जानकारी नै नहुने गरेको भन्दै आक्रोश व्यक्त गरे । ‘संघ र प्रदेशका कार्यालयहरुले स्थानीय सरकारसँग समन्वय र सहकार्य आवश्यक रहेको छ, चाहिने कर्मचारी व्यवस्थापन गर्न ध्यान दिनु पर्यो, मानवीय स्रोत र साधनको व्यवस्थापनका लागि प्रदेश र संघको ध्यानाकर्षण आवश्यक रहेको छ ।’ उनले भने।


ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले सामुदायिक स्वास्थ्य क्षेत्रमा पहुँच अभिबृद्धि गर्ने बिषयमा महिला स्वास्थ स्वयमसेविकाहरुको भूमिका महत्त्वपूर्ण रहेको बताउए । उनले मातृस्वास्थ्य, बालमृत्युदर घटाउन ६० वर्षको उमेरसम्म पुर्याएको योगदानको उच्चसम्मान गर्दै आगामी दिनहरुमा पनि सक्रियताको कामना गरे।
बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले घरघरमा पुगेर बाल मृत्युदर घटाउन सेवा पुर्‍याउन र जनचेतना फैल्याउन गरेको योगदान अतुलनीय छ भन्ने बताए । उनले बागमती गाउँपालिकाले स्वयंसेविकाको हितलाई ध्यान दिएर संघ र प्रदेशले उपलब्ध गराएको सेवा र सुविधाको अलवा थप सुविधा उपलब्ध गराइरहेको समेत बताए ।
जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर भुवन पौडेलले महिला स्वयम् सेविकाहरुले बालमृत्युदर, मातृमृत्युदर घटाउन पुर्‍याएको योदगानका कारण नेपालले स्रहस्राब्दी विकास लक्ष्य हासिलको पुरस्कार प्राप्त गरेको बताए ।
जनस्वास्थ्य कार्यालय ललितपुरले ६ वटा स्थानीय तहमा कार्यरत ६० वर्ष पूरा गर्नुभएका ३४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई दोसल्ला, प्रमाणपत्र सहित नगद १९ हजार ८ सय रुपैयाँ उपलब्ध गराएको हो।
सरकारले निर्धारण गरेका स्वास्थ्यका लक्ष्यहरूलाई पूरा गर्न सहयोग गर्ने र स्थानीयस्तरमा सामुदायिक सहभागिता बढाउने उद्देश्यअनुरूप नेपाल सरकारले आर्थिक वर्ष २०४५–०४६ देखि सुरु गरेको स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई महिला स्वास्थ्य स्वयम् सेविका कार्यक्रमको रूपमा परिणत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय