काभ्रे :- नेपाली हिन्दुहरुको महान चाड विजया दशमी,शुभ दिपावली, नेपाल सम्बत तथा छट पर्वको उपलक्ष्यमा ब्रमायणी माध्यामिक बिद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वडा अध्यक्ष सोम प्रसाद ढकाल कुमार को प्रमुख आतिथ्य र बिद्यालयका प्र अ सरोज सापकोटा को सभापतित्वमा सम्पन्न भएको छ उक्त कार्यक्रममा बिद्यार्थी भाइबहिनिहरुले आफ्ना प्रतिभा तथा शुभकामना सन्देश कबिता, गित, र्याप, नृत्य मार्फत प्रस्तुत गरेका थिए।कार्यक्रममा शुभकामना तथा मन्तब्य राख्ने क्रममा प्रमुख अतिथी सोम प्रसाद ढकालले चाडबाड मनाउने क्रममा आफ्ना बुबा आमाहरुले दुख दिने र जिद्दी गर्ने नहुने भन्दै आमा बुबाहरुले सकेको मनोरञ्जन अवस्य गराउनुहुनेछ भन्ने धारण ब्यक्त गरेका छन पुर्ब प्र अ, पुर्ब बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोकुल डोटेल तथा शिक्षक हरुबाट शुभकामना सन्देश सहित चाडबाड कला संस्कृती भनेको पू्र्खाले छडेका अमुल्य सम्पती हुन यिनिहरुको संरक्षण र पुस्तन्तरण गर्नु हाम्रो जिम्मेवारी रहेको जनाउदै शुभकामना ब्यक्त गरेका थिए बिद्यालयको बाल क्लबद्वारा आयोजित उक्त कार्यक्रम कक्षा १० कि छात्र सभ्यता ढकालले सन्चालन गरेकी हुन । 




