
काठमाडौं :- काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोकमा हाल नम्बर नखुलेको टिपरमा प्रदेश नम्बर ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल ठोक्किएर मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर सल्लाघारी बस्ने मोरङ पथरी घर भएका २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर महाँकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार काभ्रे बनेपा बस्ने नमोबुद्ध नगरपालिका-२ घर भएका ३१ वर्षीय देव लामाको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
