भक्तपुर :- लायन्स क्लब अफ काठमाण्डौ हलेसी द्वारा “एक छाक खाना” कार्यक्रम आज सम्पन्न गरेको छ | मानब सेवा आश्रम भक्तपुरमा आज लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोनिसको १४३ औ जन्मदिनको अबसरमा लायन्स क्लब अफ काठमाण्डौ हलेसीले उक्त कार्यक्रम गरि ४५ जना असहाय हरुलाई खाना तथा न्यानो कपडा सहयोग गरिएको हो | क्लबका प्रेसीडेन्ट यज्ञनिधि दाहालले भने हाम्रो सस्थाको चाहाना नै गरिब तथा असहायलाई सहयोग गर्ने हुदा हामि यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि आयोजना गर्ने छौ | लायन्स क्लब अफ काठमाण्डौ “हलेसी” ले देश भरि नै आफ्नो कार्यक्रम हरु संचालक गर्दै आइरहेको छ | 













