
काठमाडौं :- केही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेतसमेत गराएको छ ।