२०८१ कार्तिक १८, आईतबार
काठमाडौं :- केहि दिन देखि लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । बुधबार ५० दशमलव ५८ अंकले बढेर नेप्से परिसूचक २ हजार ६ सय ६५ दशमलव ९३ अंकमा उक्लिएको हो । यस अघि तीन दिन लगातार घट्दा नेप्से परिसूचक २ सय अंकले तल झरेको थियो । ‘क’ वर्गमा रहेका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ५८ दशमलवले बढेको छ । कारोबार रकममा भने खास उल्लास देखिएन ।
दिनभर भएका ६३ हजार ९ सय १६ कारोबारबाट २२९ कम्पनीका ९८ लाख ९४ हजार ४ सय ७८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ पुगेको छ ।
बजारमा उच्च अंकको सुधार आउँदा अधिकांश कम्पनीहरुको शेयर मूल्य बढेको छ । समूहगत सूचक (सवइन्डेक्स) हरु सबै बढेका छन् । धेरै बढ्नेको शिर्ष स्थानमा ग्रीन डेभलपमेन्ट बैंक देखिएको छ । यो बैंकको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ४० पैसाले बढेर ३८९ रुपैयाँ ४० पैसा पुगेको छ ।धेरै बढ्ने दोस्रो नम्बरमा अपी हाइड्रोपावर देखिएको छ । जसको शेयर मूल्य ४१ रुपैयाँ ८० पैसाले बढेर ४५९ रुपैयाँ ८० पैसा पुगेको छ । बुधबार कालिका माइक्रोफाइनान्स, जोशी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायतका कम्पनीहरु धेरै बढ्नेको शिर्ष स्थानमा देखिएका छन्
बुधबार उच्च अंकले बजार सुधार हुँदा पनि केही कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । जसमध्ये सबैभन्दा शिर्ष स्थानमा मेगा बैंक देखिएको छ । मेगा बैंकको शेयर मूल्य ३ दशमलव ९२ प्रतिशत अर्थात १४ रुपैयाँले घटेर ३४२ रुपैयाँ ८० पैसामा झरेको छ ।
जम्मा ६ प्रतिशतमात्रै लाभांश घोषणा गरेको कुमारी बैंकको पनि शेयर मूल्य घटेको छ । कुमारी बैंकको १.६५ प्रतिशतअर्थात ५ रुपैयाँले मूल्य घटेर २९८ रुपैयाँमा झरेको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९