२०८१ कार्तिक १८, आईतबार
काठमाडौं :- देशभर रहेका पाँच वर्ष सम्मका बालबालिकालाई यहि कार्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाइने भएको छ । यसभन्दा अघि सरकारले कार्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाइने कार्यक्रम तयार गरे पनि दशैं परेकाले समय परिर्वतन गरेकोे हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५९ महिना सम्मका बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ । यस्तै, ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुलाई बहु सुक्ष्म पोषक तत्व ‘बाल भिटा’ समेत दिइने भएको छ । देशभरका खोप केन्द्रलाई राष्ट्रिय भिटामिन ए कार्यक्रमको तयारी थाल्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९