काठमाडौँ :– सामाजिक सञ्जालमार्फत सामाजिक सद्भावमा खलल पुर्याउने तथा साम्प्रदायिक भावना भड्काउने सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा सिरहाबाट पाँच र धनुषाबाट तीन जना रहेका छन्। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक वा साम्प्रदायिक द्वेष फैलाउने सामग्री पोस्ट तथा प्रसारण नगर्न सबैलाई आग्रह गरेको छ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा चलेको गोली लागेर हालसम्म तीन जनाको मृत्यु भइसकेको छ।












