काठमाडौं :- नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता भएको छ।
डा. कोइरालाको विराटनगरस्थित निवासमा शुक्रबार भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन्।
भेटवार्ताको जानकारी डा. कोइरालाको निजी सचिवालयले सार्वजनिक गरेको हो।










