काठमाडौं :- भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।
संसद् सचिवालयका अनुसार बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै स्थगित भएको हो ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार, शुक्रबार दिउँसो १ बजे बस्ने छ ।










