काठमाडौं :- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ।










