काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ।
पार्टीका अनुसार सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने तय गरिएको बन्दसत्र प्राविधिक कारणले एक दिन पछाडि सारिएको थियो। आवश्यक तयारी पूरा भएपछि आजदेखि बन्दसत्र सञ्चालन हुन लागेको रास्वपाले जनाएको छ।
बन्दसत्रमा पार्टीको संगठनात्मक, राजनीतिक तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी छन्।










