काठमाडौं :- नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ। पार्टीले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ।
एमाले सचिवालयका अनुसार संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुनेछ। बैठकमा समसामयिक राजनीतिक विषय, संसद्को गतिविधि तथा पार्टीको आगामी रणनीतिबारे छलफल हुने अपेक्षा गरिएको छ।
संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ। सचिवालय बैठक साँझ ६ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमै बस्ने जनाइएको छ।










