काठमाडौं :- सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभु राम राई छन् ।
उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौँको शंकपार्कबाट पक्राउ गरेको हो । उनी ९० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।










