काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा औपचारिक रूपमा सुरु भएको छ। पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका हुन्।
उद्घाटनका क्रममा मञ्चमा उपस्थित अतिथिहरूले पनि सामूहिक रूपमा घण्टी बजाएर समारोहमा सहभागिता जनाएका थिए।
महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेकपाका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी रहेका छन्।
त्यस्तै, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतको पनि उपस्थिति रहेको छ।
उद्घाटन सत्र सुरु हुँदाका बेला वर्षा भए पनि महाधिवेशनस्थलमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको छ।










