काठमाडौं :- स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर दुई लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले वृद्धि भई चार हजार ६९० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँ र चाँदी चार हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस चार हजार १५५ अमेरिकी डलर र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।










