काठमाडौं :- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।
बालेन आज बिहान चितवन पुगेका हुन्। महाधिवेशनमा सहभागिता जनाउन पुगेका उनले आफ्नी छोरीलाई पनि साथमा लगेका छन्।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा जारी रहेको छ, जहाँ देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता रहेको छ।










