काठमाडौं :- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँ जिल्ला कमिटीका १०७ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
पार्टीको नीति, सिद्धान्त र व्यवहारमा विचलन आएको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्। काठमाडौँका विभिन्न तहमा सक्रिय रहेका नेता–कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी छोडेको जनाइएको छ।
राप्रपा काठमाडौँ अध्यक्ष नवराज सिंखडाले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पार्टीको नीति र व्यवहारबीच एकरूपता नदेखिएको कारण आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको स्पष्ट पारेका छन्।










