काठमाडौं :- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दादुराको उच्च जोखिम रहेका जिल्लाहरूमा ‘दादुरा महामारी प्रतिकार्य खोप अभियान’ सञ्चालन गरेको छ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जाजरकोट, सुर्खेत, कालीकोट, महोत्तरी, बागलुङ र सिराहामा खोप अभियान सञ्चालन भइरहेको छ। अभियान यही सातासम्म जारी रहनेछ।
सर्लाहीमा भने यसअघि नै खोप अभियान सम्पन्न भइसकेको छ। अछाम र दैलेखमा दादुराका दुई–दुई जना संक्रमित मात्र फेला परेकाले हाल त्यहाँ खोप अभियान सञ्चालन गर्न आवश्यक नपरेको डा. गौतमले जानकारी दिए।










