काठमाडौं :- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार यस वर्ष कुल परीक्षार्थीमध्ये ६४.१३ प्रतिशत विद्यार्थी सबै विषयमा ग्रेड प्राप्त गर्दै ग्रेडेड भएका छन्।
नियमिततर्फ ६९.७५ प्रतिशत र आंशिकतर्फ ४२.३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ गरी कुल ४ लाख १८ हजार १७९ परीक्षार्थी सहभागी भएका थिए।
तीमध्ये नियमिततर्फ २ लाख ३१ हजार ७७० र आंशिकतर्फ ३६ हजार ४२० जना गरी कुल २ लाख ६८ हजार १९० परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।










