काठमाडौं :- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले नेपाल गम्भीर भूराजनीतिक तथा लोकतान्त्रिक संकटतर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सीमामा चिया निकासी अवरुद्ध हुँदा श्रमिक र उद्यमी प्रभावित भएको, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी समस्यामा परेको, मल अभाव कायम रहेको र महँगी बढ्दो क्रममा रहेको उल्लेख गरेका छन्।
दलहरू आन्तरिक विषयमै अल्झिएको र सरकार राष्ट्रिय सरोकारका मुद्दाप्रति संवेदनशील बन्न नसकेको आरोप लगाउँदै ज्ञवालीले राष्ट्रपति संस्थाको अवमूल्यन, संसद्को उपेक्षा, लोकतान्त्रिक अधिकारको संकुचन र राजनीतिक प्रतिशोधजस्ता प्रवृत्तिले मुलुकलाई अलोकतान्त्रिक दिशातर्फ धकेलिरहेको दाबी गरेका छन्।










