काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १२.२६ अंकले घटेर २ हजार ७११.७६ विन्दुमा पुगेको छ।
आज ३५० कम्पनीका १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
कारोबार भएका कम्पनीमध्ये ७३ वटाको सेयर मूल्य बढेको छ भने १८८ वटाको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
आजको कारोबारमा सोपान फर्मास्युटिकल्स र अपोलो हाइड्रोपावर का लगानीकर्ताले सर्वाधिक लाभ कमाएका छन्। दुवै कम्पनीको सेयर मूल्य १४.९९ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको ३८ करोड ८५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।





