काठमाडौँ :- श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा आज पनि आफ्नो विरोधलाई निरन्तरता दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पार्टीका सांसदहरूले पर्चा प्रदर्शन गर्दै सरकारविरुद्ध विरोध जनाएका हुन् ।
सदनमा भएको विरोधपछि सभामुख डोलप्रसाद अर्यालले संसद्को मर्यादा कायम राख्न निर्देशन दिँदै हर्क साम्पाङलाई रुलिङ गरेका छन् ।




