काठमाडौँ :- राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल भएको छ।
छलफलका क्रममा विभिन्न दलका सांसदहरूले प्रस्तावित विषयमाथि आ–आफ्ना धारणा राखेका थिए।
सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीलाई राज्य व्यवस्थाप्रति अझ उत्तरदायी हुन आग्रह गरिन्। सांसद उर्मिला अर्यालले विधेयकका सिद्धान्त र प्राथमिकतामा सीमान्तकृत समुदायलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइन्।
त्यस्तै सांसद सोमनाथ पोर्तेलले निजी क्षेत्रको आत्मविश्वास बढाउनेतर्फ सरकारको ध्यान जानुपर्ने बताउँदै वित्तीय संघीयताको स्पष्ट मार्गचित्र आवश्यक रहेको उल्लेख गरे। सांसद रोशनी मेचेले डिजिटल साक्षरतामा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखिन्।
बैठकमा महन्त ठाकुर, वासुदेव घिमिरे, सुरेशकुमार आलेमगरलगायत सांसदहरूले पनि आ–आफ्ना विचार प्रस्तुत गरेका थिए।




