काठमाडौँ :- मंगलबार सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ। नेप्से परिसूचक ६.५१ अंकले घट्दै २७२४.३९ विन्दुमा झरेको छ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक, फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंकले घटेका छन्।
कुल ११३ कम्पनीको सेयर मूल्य बढ्दा १४५ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ भने ९ उपसमूह घटेका छन्। विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा समूहमा सामान्य सुधार देखिएको छ। कारोबारमा आएको व्यापार उपसमूह भने १.२४ प्रतिशतले घटेको छ।
यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.२६ प्रतिशतले बढ्दै शीर्ष लाभमा रह्यो। नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य करिब साढे ६ प्रतिशतले बढेको छ भने अन्य कम्पनीहरूको वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा सिटी होटलको करिब २३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।




