काठमाडौँ :- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पाँच हजार ८५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।




