काठमाडौँ :- प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।
बैठक सुरु हुनासाथ पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरू आफ्नै स्थानबाट उठेर विभिन्न माग लेखिएका प्लेकार्ड देखाउँदै विरोधमा उत्रिएका हुन् ।
संसद्को कार्यवाही चलिरहेकै बेला उनीहरूले प्लेकार्डमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै सदनको ध्यानाकर्षण गराएका थिए ।
यसअघि सोमबारको बैठकमा पनि श्रम संस्कृति पार्टीले यस्तै शैलीमा विरोध जनाएको थियो । लगातार दोस्रो दिन पनि पार्टीले संसद्मा विरोधलाई निरन्तरता दिएको हो ।




