काठमाडौँ :- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रतिवेदन सरकारलाई बुझाइसकिएको भए पनि औपचारिक रूपमा सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाए ।
केसीले उक्त प्रतिवेदन सबै सांसदहरूलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराए ।
उनले भदौ २३ र २४ को घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रतिवेदन बुझाइसके पनि अझै सार्वजनिक नभएको उल्लेख गर्दै तत्काल सार्वजनिक गर्नुपर्ने बताए ।




