काठमाडौँ :- नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २४ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ।
बोर्डका अनुसार ती कम्पनीमार्फत कुल ९ करोड ११ लाख ८७ हजार ९४६ कित्ता सेयर जारी गर्न अनुमति दिइएको हो, जसको कुल मूल्य करिब रु ९ अर्ब ११ करोड ८७ लाख ९४ हजार ६०० बराबर छ।
अनुमति प्राप्त कम्पनीमध्ये १५ वटा जलविद्युत् क्षेत्रका रहेका छन् भने ७ वटा उत्पादन तथा प्रशोधन क्षेत्रका छन्। त्यस्तै, विकास बैंक र होटल तथा पर्यटन क्षेत्रका एक–एक कम्पनी रहेका छन्।
हाल बोर्डमा ९८ वटा कम्पनीले आइपिओ अनुमति माग्दै आवेदन दिएका छन्, जसमा जलविद्युत्, उत्पादन, पर्यटन, लगानी तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका कम्पनीहरूको संख्या बढी रहेको छ।




