काठमाडौँ :- नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घट्ने क्रममा रहेको छ ।
आज सुनको मूल्य प्रतितोला रु चार हजार ५०० ले घटेको छ भने चाँदी रु ३३० ले सस्तो भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ ले सार्वजनिक गरेको विवरणअनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु दुई लाख ९४ हजार कायम भएको छ । त्यस्तै चाँदी प्रतितोला रु पाँच हजार ६० मा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला रु दुई लाख ९८ हजार ५०० र चाँदी रु पाँच हजार ३९० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य घटेको व्यवसायीहरूले बताएका छन् ।




