काठमाडौँ :- हाल १२ वटा मन्त्रालय रहेको लुम्बिनी प्रदेश मा अब साउन १ गतेदेखि आठ मन्त्रालय मात्र कायम हुने भएका छन् ।
प्रदेश सरकारले प्रशासनिक खर्च कम गर्दै सरकारी संयन्त्रलाई थप प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाउने निर्णय गरेको हो ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा समेत मन्त्रालय संख्या कटौतीको विषय समावेश गरिने बताइएको छ । साथै मन्त्रालय अन्तर्गत रहेका विभिन्न निर्देशनालय र कार्यालयहरूलाई पनि समायोजन गर्ने तयारी अघि बढाइएको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्य का अनुसार सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउन यो कदम चालिएको हो ।




