काठमाडौँ :- प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले विभिन्न संशोधन प्रस्ताव राख्दै मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि स्पष्ट योजना आवश्यक रहेको बताएका छन् ।
सांसदहरूले कृषि, पर्यटन, उद्योग, वन क्षेत्र, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद यज्ञबहादुर बोगटीले नीति तथा कार्यक्रममा नयाँपन नभएको टिप्पणी गर्नुभयो भने ऐनबहादुर महरले मुलुकको रूपान्तरण गर्ने स्पष्ट आधार नदेखिएको बताउनुभयो ।
सांसद मातृकाप्रसाद यादवले बन्द रहेका उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । परशुराम तामाङले श्रमजीवी र उत्पीडित वर्गका समस्या समाधान गर्ने ठोस कार्यक्रम नरहेको आरोप लगाउनुभयो ।
यसैगरी सांसद यशुदाकुमारी बरालले कर्णालीका जिल्लामा स्वास्थ्य, शिक्षा र खानेपानीमा सहज पहुँच सुनिश्चित गर्न माग गर्नुभयो ।
सांसदहरूले युवाको अपेक्षा सम्बोधन, सुशासन प्रवद्र्धन र आर्थिक विकासलाई व्यवहारिक रूपमा अघि बढाउन सरकारलाई सुझाव दिएका छन् ।




